बैतडी। बैतडीमा हाडनाता करणी मुद्दामा फरार एक महिला प्रतिवादी पक्राउ परेकी छिन्। शनिबार साँझ बैतडीको सिगास गाउँपालिका–३ रक्सौन बस्ने वर्ष ३० की राजमती धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
हाडनाता करणीमा दोषी सावित भएपछि फरार ति महिला प्रतिवादीलाई ८ वर्षपछि पक्राउ गरेको हो। प्रहरीका अनुसार बैतडी जिल्ला अदालतले २०७३ साल असार १८ गते हाडनाता करणीमा १ वर्ष कैद फैसलापछि फरार रहेकी उनी पक्राउ परेकी हुन् ।प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको टोलीले धामीलाई उनकै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडी जनाएको छ ।