कैलाली। कैलाली र कञ्चनपुरमा एकैदिन प्रहरीले १३ लाखको भन्सार छलीका सामान वरामद गरेको छ । बिहीबार कैलाली र कञ्चनपुरका सिमानाका भएर भित्र्याइएका अबैध १३ लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बिहीबार प्रहरीले वरामद गरेको हो ।
प्रहरीका अनुसार कैलाली जिल्लाको बिभिन्न स्थानबाट १ लाख २८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान वेवारिसे अवस्थामा वरामद गरिएको छ । त्यस्तै, कञ्चनपुरको पुनर्वासबाट ७६ हजार, दोधारा चाँदनीबाट ६ लाख ७४ हजार र महेन्द्रनगर बजारबाट ५ लाख ५० हजारका भन्सार छलीका सामान वरामद गरिएको प्रहरीले जनाएको छ । दोधाराचाँदनी नगरपालका–१ नेपाल भारत सीमा क्षेत्रमा रहेको बयलबन्द नजिकबाट भन्सार छली गरेर लुकाई छिपाई राखेको १ सय पेटी लाईटर र ६० किलो व ओखर रामद गरिएको छ ।
सो सामानको अन्दाजी मूल्य ६ लाख ७४ हजार रहेको प्रहरीको भनाई छ । सामानसँगै भारतको बनबासा का ३८ वर्षीय दिपक जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरि, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महाकाली एग्रोभेट पसलबाट ५ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको मलखाद तथा पशुआहार पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।