बाजुरा। दशैको अवसरमा सामाजिक संजालमा राँगालाई खेदेर मारिएको भिडियो प्रति जिल्ला समन्वय समिति बाजुराको ध्यानाकर्षण भएको छ।
पशुबली निरुत्साहित गर्नु भन्ने सर्वोच्च अदालतको आदेशलाई समेत चुनौती दिने गरी भएको बली निन्दनीय रहेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको हस्ताक्षरितता ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।यस घटनाले सबै कुप्रथा र क्रूरताको अन्त्य गर्दै आधुनिक समाज निर्माण गर्ने मानवीय विचारधारालाई निकै पछाडि धकेली दिएको उनको समन्वय समितिद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
पशुबली दिन निश्चित मानवीय मर्यादामा राख्न स्थानीय तहहरूले जिम्मेवार बन्न र बनाउन लाग्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको हस्ताक्षरितता ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पशुबली दिने पर्थालाइ रूपान्तरण गर्न स्थानीय तहले समेत जिम्मेवार बन्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
आगामी दिनमा पशुबली विरुद्धका अभियानहरू संचालन गरी स्थानीय तहले मर्यादित हुन सबैले जिम्मेवार बन्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । विभिन्न तहमा जनचेतना अभिवृद्धि गर्दै धर्मका नाममा हुने पशुबली जस्ता अमानवीय र निन्दनीय प्रथाहरूको अन्त्यका सबैले आ आफ्नै ठाउँबाट लाग्न जिल्ला समन्वय समिति बाजुराको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।