अत्तरिया। देउडा गायक टेक बहादुर बोगटी र गौरी भट्टको “न फुल बास छाडी”बोलको गित सार्वजनिक भएको छ।
चर्चित देउडा गायिका गौरी भट्ट र टेक बहादुर बोगटी स्वरवद्ध गरेको गित Ramesh Bijuli BC (Director) युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । मौलिक पन झल्कने देउडा गितको कुमार मटेलीको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत सृजना गाएक स्वयम बोगटीले नै गरेका छन ।
रमेश बिजुली बिसि को निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा र अमर आउजी र बम बहादुर चन्दले अभिनय गरेका छन। यसपटक पनि ठट्यौली देउडा गित बजारमा ल्याएका छन। यस गितको म्यूजिक भिडियो प्रर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी डोटीको रन्तोलामा छायाङ्कन गरीएको गाउँ परवेश लाई भिडियोमा कैद गरी छायाड्ढन गरीएको हो।