बैतडी। बैतडीमा किशोरीलाई घरमै लगेर बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। बैतडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ लडागाउँका १८ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका हुन्।
उनले राति घरमा बोलाएर जबरजस्ती करणी गरेको खुलेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनकाअनुसार ती किशोरले २७ असारको राति र २३ भदौको राति किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ। पीडित किशोरी बलात्कारपछि गर्भवती भएपछि पोल खुलेको हो। किशोरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।