बझाङ। बझाङ्गमा स्वास्थ्यचौकीको झ्याल फुटाएर कण्डम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। गत बुधबार राति बझाङ जिल्लाको सुर्मा गाउँपालिका वडा नम्बर ३ धनीधारामा रहेको स्वास्थ्यचौकीमा तोडफोड गरेर कण्डम चोरी गरेको आरोपमा सुर्मा गाउँपालिका २ का १४ वर्षीय किशोर अजय बोहरा पक्राउ परेको प्रहरीले जनाएको छ।
बझाङका डिएसपी भरत शाहका अनुसार पक्राउ परेका किशोरले वेलुन बनाएर उडाउनका लागि कण्डम चोरेको बयान दिएका छन्। बोहराले बयानमा अन्य चिजहरु केही नगरेको तर तीन पाकेट कण्डम चोरेर बेलुनको रुपमा उडाएर मनोरञ्जन लिएको बताएको प्रहरीले जनाएको छ। सार्वजनिक सम्पत्ति तोडफोड गरेकाले उनलाई कानुन अनुसार कार्बाही गरिने बझाङका डिएसपी शाहले बताए।