डडेल्धुरा। डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिकामा अटो दुर्घटना हुँदा आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकार घाईते भएको प्रहरीले जनाएको छ।
घाइते भएका उनीहरुलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ। अटो गोदामदेखि आलिताल–५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।