बझाङ। बझाङमा जीप दुर्घटना भएको छ। बझाङको भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।
बझाङको छबिसपाथिभेरा-७ खोरीमा जीप दुर्घटनामा चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेकफेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन्।
२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ। ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ। १४ वर्षीय अशोक धामी मुख र कम्मरमा चोट लागेको छ। १६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको बझाङ प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ। गाडी चालक र अन्य दुई जना भने सकुशल छन्।