कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले चोरी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का २० वर्षीय युबराज शाहुलाई प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्र्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरकै ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।