धनगढी : सुदूरपश्चिमेली नेपाली समाज अस्टे«लियाको अध्यक्षमा बरुण सिहं चयन भएका छन् । समाजले आयोजना गरेको दशैँ तिहारको सुभकामना आदानप्रदान कार्यक्रमको अवशर पारी समाजलाई पुनर्गठन गरिएको हो । समाजको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण भट्ट, उपाध्यक्षमा हेमन्त न्यौपाने, सचिवमा सुरेन्द्र धामी, कोषाध्यक्षमा यसोदा पन्त चयन भएका छन् ।
सल्लाहकार समिति सदस्यहरुमा चित्रराज भट्ट, सरोज सिहं ठकुरी र सुरेश बोगटी चयन भएका छन्, भने समाजका सदस्यहरु सबै साधारण सदस्य रहने निर्णय गरिएको सदस्य बसन्त बमले जानकारी दिए । समाजको नयाँ समिति सर्बसम्मतीबाट चयन गरिएको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै बर्तमान सल्लाहकार तथा पुर्व अध्यक्ष सरोज सिहं ठकुरीले समाजको हितका लागी सधैँ सहकार्य गर्ने बताए । सुदूरपश्चिमबाट अस्टे«लिया पुगेका बिद्यार्थीहरुलाई मध्यनजर गर्दै उहाँहरुलाई परेका समस्या सम्बोधनमा सधैँ सहयोग गर्ने उनले बताए । पुर्व अध्यक्ष ठकुरीले समाज सधैँ सुदूरपश्चिमेलीहरुलाई पर्ने समस्याहरु प्रती गम्भिर रहने समेत बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा एन आर एन ए अस्टे«लियाबाट पुकार घिमिरे र सम्भु घैसे अतिथीका रुपमा सहभागी थिए । समितिका सदस्य बसन्त बमले सुदूरपश्चिमेली समाज अस्टे«लियाले सुदूरपश्चिमबाट अस्टे«लिया आउने नागरिकहरुलाई एकढिक्का बनाएको र आगामी दिनमा सुदूरपश्चिमेली संस्कृती संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा हास्य कलाकार शेर बहादूर गुरुङकोपनि उपस्थिती रहेको थियो । उनलाई कार्यक्रमकै अवशरमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।