धनगढी। सुदुरपश्चिमको तराईका जिल्लाबाट दशैं मनाउन पहाड जानेको भिड लाग्न थालेको छ। सुदूरपश्चिम प्रदेशको राजधानीको शहर धनगढी तथा अत्तरियाबाट दशौं मनाउन पहाडी जिल्लामा जानेको निक्कै भिडभाड लाग्न थालेको हो ।
बिषेश गरि काम तथा पढाईको शिलशिलामा प्रदेशको राजधानी धनगढी तथा संघिय राजधानी काठमाण्डौ तथा भारत गएकाहरु अहिले गाउँ फर्किन थालेपछि बस पार्कमा भिड बढेको हो ।सुदुर पश्चिम प्रदेशका पहाडी एव हिमाली जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा,बझाङ,बाजुरा, अछाम, डोटी जानेहरुको धनगढी तथा अत्तरिया बसपार्कमा यात्रुको घुँईचो बढेको छ ।
दसैं मान्न संघिय राजधानी काठमाण्डौं उपत्यका सँगै छिमेकी राष्ट्र भारतबाट आएका सुदुरपश्चिमेलीहरु धनगढी तथा अत्तरिया बसपार्कमा समयमै बसको टिक पाउन सास्ती भैरहेको उनीहर बताउँछन् । अत्तरिया बषपार्कमा भेटिएका अछामका प्रकाश रिमालले पहाडको उकालो सँगै गाडीमा सिट नपाउनुको पिडा यहाँ रहेका यात्रुलाई रहेको बताए।
पहाडी ७ जिल्लामा जाने बस , जिप , हाईस लगायत अहिले सवारी साधनहरु भरिभराउ हुने गरेका छन् ।दशैं मनाउन भनि भारतबाट नेपालमा आएका छौँ तर अहिले समयमा नै गाडी नपाएर बिजोग भएको कुरा बताउछन।२/३ दिन पछिको मात्र टिकट पाएको कुरा रहेको छ । यस्तै सयौ उदाहरण अत्तरिया बसपार्कमा बिचल्लीमा रहेका पिडित यात्रुको रहेको छ । दशैंको समय नजिकिदै गर्दा हजारौ यात्रु पहाड तिर जानेहरुको घुईचो लागेको छ । प्रदेश देखी जागिरको सिलसिलामा घरबाट टाढिएकायो समयमा आफ्नै घरदैलोमा पुगेर जेष्ठ, मान्यजनबाट टिकाटालो सँगै जमरा लगाउन पहाड जानेहरु धेरैनै देखिन्छन ।
लामो दुरीको यात्राका लागि अग्रीम टिकेट सकिएको र अतिरिक्त गाडी आए मात्र सबै यात्रुलाई सहजहुने कुरा सुदूरपश्चिम यातायात ब्यावसायीका टिकट काट्ने ब्यावासायी बताउँछन् । तेस्तै गरी ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताएका छन् ।सुदूरपश्चिम यातायात प्रालि यात्रुहरुको चापलाई मध्यनजर राख्दै थप बस उपलब्ध गराउने जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा एउटा ट्राफिक बिट भएपनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष मार्फत थप प्रहरी परिचालन गरिएको जनाएको छ ।