धनगढी। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहाहुर साउदले युवाहरुलाई खेलकुदको क्षेत्रमा आकर्षित गर्न जरुरी भएको बताएका छन्।
शनिबार खेलकुद पत्रकार मञ्च कैलालीद्वारा धनगढीमा आयोजित मिडिया कप फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन्। ‘हाम्रो प्रदेशमा लागुऔषधको समस्या छ,यसले विकाराल रुप लिएको छ,प्रत्येक दिन लागुऔषध सहित मानिस समातिदै छन्,युवाहरु लागु औषधमा फस्दै छन्’ उनले भने ‘पछिल्लो युवा पुस्तालाई खेलकुदका क्षेत्रमा आकर्षित गर्नुपर्ने जरुरी देखिएको छ’ ।
युवा पुस्तालाई रचनात्मक काममा लगाउन जरुरी भएको उनले बताए । मन्त्री साउदले सुदूरपश्चिम खेलकुदको क्षेत्रमा उर्भर भूमि बन्दै गएको बताउँदै खेलकुदको क्षेत्रमा नेपालको नाम चिनाउन केही हदसम्म सफल भएको बताए । दुई दिनसम्म सञ्चालन हुने एनएसजेएफ फुटसल प्रतियोगितामा ५ टिमको सहभागिता रहेको जनाइएको छ ।