धनगढी। नेकपा एमालेका नेता डा.भीम रावलले भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आउँदा समेत सरकार मौन बसेको भन्दै आरोप लगाएका छन्। धनगढी विमान स्थलमा शुक्रवार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो बताएका हुन्।
राज्यको प्रमुख दायित्व मध्ये देशको मौलिक अखण्डताको रक्षा गर्नु भएपनि प्रधानमन्त्री प्रचण्ड अहिले मौन रहेको बताए । ‘प्रधानमन्त्री प्रचण्डले भ्रमणका बेला भारतसंगको सम्बन्ध नयाँ उचाई थपिने र नयाँ सम्झदारी भयो भनेर उहाँले भनुभएको थियो,’ उनल्र भने, ‘म नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भू–भाग क्षेत्रमा बासोबास गर्ने जनताको तर्फबाट सुध्न चाहन्छु हाम्रो त्यो भू–भागमा भारतीय प्रधानमन्त्रीले सरकारसँग कुनै जानकारी नलिइ भ्रमण गर्दा प्रधानमन्त्री पचण्ड मौन किन ?’ यस विषयमा प्रधानमन्त्री, परराष्टमन्त्री सम्बधित निकायकाहरु मौन बस्नु यो लज्जाजनक रहको उनले बताए । उनले सरकारको यो मौनताप्रति जनताले विरोघ जनाउनुपर्ने बताए ।
‘हाम्रो भू–भाग माथि आएर नेपाली नागरिकसँग भारतीय प्रधानमन्त्रीले कुरा गरेको समाचार आइसकेपछि त्यो सरकारले आफै जानकारी लिने कुरा हो,’ उनले भने, ‘यसको जवाफ जनताले माग्छन्। सबै भन्दा पहिले सरकारले अब एउटा कुटनैतिक नोट जारी गर्नुपर्यो नेपालको भूभागमा भारतीय प्रधानमन्त्री भ्रमण गरेकोमा हाम्रो आपति छ भनेर।’ उनले भारतीय राजदूतलाई बोलाएर पनि परराष्ट्रमन्त्रीले यसबारे जानकारी लिनुपर्ने नेता रावलले बताए ।
‘प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला त्यो कुरा उठाउनुपर्छ की पर्दैन’ उनले भने, ‘नेपालको लुम्बिनीलाई आफनो नक्सामा राखेर संसदमा लैजादा त्यो कुरो उठाउनुपर्छ कि पर्दैन रु हामी भारतको कुनै अमुख भू–भागलाई हाम्रो नक्सामा राखेर संसदमा टाँस्यौं भने के हुन्छ रु’ उनले यस्ता प्रधानमन्त्री र नेताले गर्दा आज देशक कुटनीतिक स्वाधिनता र स्वाभिमान धरापमा पर्दै गरेको बताए।