बझाङ। बझाङमा फेरि भुकम्पको धक्का गएको छ । जयपृथ्वी नगरपालिकाको कैलाश आसपास केन्द्र बिन्दु भएर राति भुकम्पको धक्का गएको हो। भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार राति १ः बजेर ५१ मिनेट जादा कैलाश भन्ने स्थानको आसपास केन्द्र बिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको जनाईएको छ।
बझाङमा १६ गते मङ्गलवारको भूकम्पपछि अहिलेसम्म सानाठूला गरी पटक परकम्पका पराकम्पन गईरहेका छन्। यस्तै बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।