कैलाली। प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरी स्वदेश फर्किएका छन् ।
उनी नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।खुट्टामा गोली लागेका उनलाई स्थानीय अस्पतालले डिस्चार्ज गरिदिएपछि चार्टर विमानमार्फत फर्किएका हुन्। उनी अझै हिँड्नसक्ने भने भइसकेका छैन ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले घटनामा बाँचेर फर्किएको बताए । सो घटनामा अन्य १० जना नेपाली विद्यार्थीको हमास समूहको आक्रमणमा निधन भएको हो । यस्तै घाइतेमध्ये अर्का एक नेपाली पनि डिस्चार्ज भएका छन् भने अन्य दुई जनाको उपचार जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए ।