धनगढी। धनगढी वडा नम्बर २ मा विपद्जोखीम न्युनिकरणकालागी घरदैलो जनचतेना अभियान सञ्चालन गरिने भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग,युएनडिपी र नेपाल रेडक्रस सोसाइटीद्धारा धनगढी उपमहानगरपालीकामा सञ्चालित सुपर परियोजना अन्तरगत धनगढी वडा नम्बर २ मा उक्त अभियान सञ्चालन गरिने भएको हो।
सुपर परियोजनाले आज (आईतबार) धनगढी वडा नम्बर २ का विपद् आकस्मीक प्रतिकार्य टोलीका संयोजक तथा सदस्यसँग छलफल गरी भोली सोमबार विपदजोखीम न्युनिकरण सम्बन्धी घरदैलो जनचतेना अभियान सञ्चालन गरिने निर्णय जनाएको हो। विपद् प्रतिकार्य टोली संयोजक तथा सदस्यले मिलन चोक,आर्दश टोल,जागृर्ती टोल,भवानी टोल,रामजानकी टोल,प्रगती टोल,कालिका टोल,बैयाबेहडीका घर-घरमा पुगी विपद्जोखीम न्युनिकरण सम्बन्धी शिक्षा दिने र विवरण संकलन गर्ने बताइएको छ।
विवरण भर्दा घर धनीको नाम,ठेगाना,घर नम्बर, परिवार सदस्य विवरण, महिला पुरुष उमेर समुह, अपाङ्गता भए नभएको तथा सम्पर्क नम्बर स्पष्ट उल्लेख गर्नुपर्ने छलफलमा बिकास नेपालीले बताए । उनले विपदको बेला खानेपानी तथा सरसफाईमा ध्यान दिनुपर्ने कुरा, भुकम्प आगलागी, बाढी पहिरो, चट्याङ्बाट हुने क्षति न्युनिकरणका उपाय लगायत विपद पुर्वतयारी र विपदपछि के कसरी उद्धार, सुरक्षा अपनाउने सो बारेमा जनचेतना प्रदान गरिने बताए । यस्तै धनगढी वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले घर घर टोलटोलमा गएर विपदजोखीम न्युनिकरण सम्बन्धी पुर्व तयारीका सम्बन्धमा भुकम्प आगलागी, बाढी पहिरो, चट्याङ् लगायतको जोखीमबारे जानकारी गराउने उदेश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले भोलि बिहान ८ बजे देखी बिभिन्न टोलहरुमा कार्यक्रमको सुभारम्भ गरिने र स्वयम कार्यक्रमको अनुगमन गर्ने बताए । यसबाट वडामा कतीको जनचेतना जागेको छ की छिैन भनेर सत्यतथ्य रिर्पोट आउने बताए । भोलीको दिनमा आउन सक्ने विपद्बाट हुने क्षती कम गर्न विपद् आकस्मीक प्रतिकार्य टोलीका संयोजक तथा सदस्यहरुको महत्वपुर्ण भुमिका रहेको र वडाकार्यालयबाट हुने सहयोग गर्न आफु तयार रहेको वडा अध्यक्ष ओझाको भनाई छ । धनगढी वडा नम्बर २ को मिलन चोक, आर्दश टोल, जागृर्ती टोल, भवानी टोलमा भोली सोमबार बिहान ८ बजे र रामजानकीटोलमा १० बजे र बैयाबेहडी, प्रगती टोलमा बिहान ११ बजे देखी घर दैलो अभियान सञ्चालन गरिने कार्यक्रमका बिकास नेपालीले जानकारी दिएका छन्।