बझाङ। बझाङ केन्द्रबिन्दु भएर पुनः ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ। बझाङको मष्टा गाउँपालिकाको भाटेखोला केन्द्रबिन्दु बनाएर आज (शनिबार) ११ बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा महसुस गरिएको छ। बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान गएको भूकम्प सबैभन्दा ठूलो पराकम्प रहेको जनाएको छ। १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ। १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।