डोटी। नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि डोटी जिल्लाबाट ४१ प्रतिनिधि भएका छन् ।एमाले डोटी जिल्ला सचिव शेरबहादुर मल्लका अनुसार सबै प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।
सचिव मल्लले ईच्छा राख्ने साथीहरुबीच आपसमा छलफल र एक–अर्कालाईपछि स्वीकार गरेपछि सवै ठाउँमा सर्वसम्मत भएको बताए। पार्टीमा खुला छलफल ग¥यो भने सहमति जुट्न सक्छ भन्ने एउटा सन्देश दिएको बताए।छानिएका प्रतिनिधिहरुमा दिपायल सिलगढी नगरपालिकाबाट ४ जना रहेका छन्। यस नगरपालिकाबाट नारद मलासी, नेत्रप्रसाद जोशी, मञ्जु मलासी र खडकसिंह खड्का चयन भएका छन्।
यस्तै शिखर नगरपालिका राम बहादुर ऐर, लक्ष्मीदेवी मल्ल र भिमबहादुर बलायर गरि ३ जना सर्वसम्मत चयन भएका छन्। बडीकेदार गाउँपालिकाबाट लालबहादुर ताडी, तिलक मल्ल र गौरा घर्ति गरि ३ जना प्रतिनिधि छानिएका छन् । प्रदेश अधिवेशनका लागि पूर्बीचौकी गाउँपालिकाबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्मला साउँद प्रतिनिधि भएकी छन्। यस्तै, भरत बोहरा र टेकबहादुर बोगटी प्रतिनिधि भएका छन्।
सायल गाउँपालिकाबाट सिद्धराज जोशी, राम बहादुर थापा, केशवराज उपाध्याय र बिष्नादेबी सिंह प्रतिनिधि भएका छन् । के आइ सिंह गाउँपालिकाबाट एक जना मात्र भोजनाथ योगी प्रतिनिधि भएका छन् ।आदर्श गाउँपालिकाबाट सवैभन्दा बढी ६ जना प्रतिनिधि छानिएका छन्। एमाले डोटी जिल्ला अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल आदर्शबाटै प्रतिनिधि छानिएका छन् । यस्तै, जंग खड्का, बिरबहादुर बिष्ट, डम्मर वली, कमलादेबी ओझा र शोभा सिंह प्रतिनिधि भएका छन्।
बोगटान फुड्सिल गाउँपालिकाबाट तेजबहादुर बोगटी, बमबहादुर बम, खेमबहादुर घर्तीमगर, भगवती बम र जमुना बोगटी प्रतिनिधि छानिएका छन् । जोरायल गाउँपालिकाबाट गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा प्रतिनिधि छानिएका छन् । यस्तै, पदमराज भट्ट, निर्मला भट्ट र तिर्थराज भण्डारी प्रतिनिधि छानिएका छन्। यस्तै दलित क्लष्टरबाट ७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट धनबहादुर नेपाली, अर्चना गहतराज, सिता बिक र गोबिन्द पार्की चयन भएका छन्। यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट हर्क सुनार, राधिका टमाटा र केशब चुनारा सर्वसम्मत चयन भएका सचिव शेरवहादुर मल्लले जानकारी दिए । सोमवार एकै दिन सबै पालिकामा प्रतिनिधि छानिएका मल्ले बताए।