दार्चुला। दार्चुलाको लेकम गाउँपालिका-५ पिर्तोलीकी ४५ वर्षिय भागरथी भट्टलाई आइतबार बेलुका ७ बजेतिर एक्कासी बेस्सरी पेट दुख्ने,हातखुट्टा सन्निने,छाती दुख्ने समस्या भयो।
उनीमा एक्कासी त्यस्तो समस्या देखिएछि घरपरिवारका सदस्य चिन्तित बने,अस्पताल लैजान पनि राती भइसकेको थियो,उनीहरुले भागरथीलाई घरमै मौरीको मह, लगायत अन्य घरेलु औषधी खुवाए। भागरथीको दुखाई पनि अलि कम भयो । घरपरिवार र छिमेकीले सोमबार अस्पताल लैजाने सल्लाह गरे ।भागरथीर्ला राती पनि झन दुखाईले पोल्न थाल्यो।
बिहानै स्थानीयहरुले स्वास्थ्य संस्था लैनान आग्रह गरे। स्वास्थ्य संस्था लैजान छिमेकी सहित परिवारका सदस्य गाउँमा स्ट्रेचरको खोजी गर्न थाले। उनीहरूले गाउँमा स्टेचरको खोजी गरे। तर, पाएनन्। त्यो गाउँमा स्टेचर थिएन। भागरथीलाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन। स्टेचरको लागि पिर्तोलीबाट बिहानै करिब ७,८ किलोमिटर टाढा रहेको स्वास्थ्य चौकी चौपाता गए, त्यहाँ पनि स्टेचर पाएनन्। स्टेचर स्वास्थ्य चौकी भन्दा करिब १ किलोमिटर टाढा धुलेडीमा थियो।
स्वास्थ्य चौकीमा कार्यररत स्वास्थकर्मीले स्टेचर धुलेडी रहेको र त्यहाँबाट लग्न आग्रह गरे। त्यहाँ गएर स्टेचर त ल्याए तर, स्टेचर लगेर पिर्तोली पुग्न करिब ३ घण्टा लाग्थ्यो।भागरथीलाई धेरै समस्या भइसकेको थियो। घरपरिवारले स्टेचर कुरेर बस्दा सम्म भागरथीलाई एकदमै अप्ठ्यारो हुने अवस्था आयो। अन्ततः केही सीप नचलेपछि स्थानीयहरुले खाटमा डोरी बेरी दुबैतिर काठबाँधे,त्यसमाथि मान्छे अटाउने खाटको स्ट्रेचर निर्माण गरे।त्यसैमा राखेर भागरथीलाई शैल्यशिखर नगरपालिका—६ पनेबाँज स्थित एक मेडिकलमा पुर्याइयो । गाउँमा स्ट्रेचर नहुँदा खाटकोको स्ट्रेचर बनाएर आमालाई मेकिल ल्याइएको छोरा नवराज भट्टले बताए।
‘हामीले स्वास्थ्य संस्था लैजानका लागि बोक्ने स्टेचर खोजी गर्दा पाएनौं,गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्ट्रेचर छैन्। उनले भने, ‘गाउँमा स्टेचरको खोजी गरे। तर, कतै पाएनौं,अन्तिममा खाटमा डोरी बरे र कम्बल बाँध्यौं,त्यसभित्र आमालाई हालेर मेकिल पु¥यायौं । न त राम्रो बाटोघाटो न त सडक नै। कोही बिरामी भइहाले पनि अस्पताल पु¥याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ ।’भौगोलिक विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पु¥याउनु पर्ने भए पनि गाउँमा सहजताका लागि आवश्यक सामग्री नहुँदा समस्या हुने गरेको छ। भागरथीलाई जस्तै उक्त गाउँका अधिकांश मानिसलाई यही विधिबाट उद्धार गर्ने गरिएको छ। स्थानीय सरकार भएपछि पनि बिरामीहरुलाई यसरी बोकेर लैजानु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।