काठमाडौं। अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्। जिल्ला अदालत काठमाडौंले तीन दिन अनुसन्धान गर्न दिएको समय आइतबार सकिएसँगै प्रहरीले उनलाई छाडेको हो।
उनलाई हाजिरी जमानीमा छाडेको प्रहरीले जनाएको छ। रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन्। फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएपछि प्रहरीले उनलाई शुक्रबार साँगाबाट पक्राउ गरेको थियो। अनमोलले प्रहरीले गरेको सोधपुछमा आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका छन् ।