कञ्चनपुर। कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने एक जना धरौटीमा रिहा भएका छन्। कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेव नरेन्द गैरेलाई विरामीको उपचारको उपचारका क्रममा हातपात गरेको आरोपमा पक्राउ परेका राम बहादुर खड्का २ लाख धरौटीमा रिहा भएका हुन्।
जिल्ला अदालत कञ्चनपुरले कार्यस्थलमा स्वास्थ्यकर्मीमाथि वाधा अवरोध पुगाएको अभियोगमा अदालतम दायर मुद्दाको थुनछेक बहसमा दुई लाख धरौटी मागेको थियो। अदालतले मागेको धरौटी बुझाएर खड्का रिहा भएका छन्।काँग्रेस सम्बद्ध तरुण दलका नेता खड्काले मध्यराति स्वास्थ्य केन्द्रभित्र पसेर विरामीको उपचार गरि रहेका समयमा गैरेलाई गालीगलौज गर्दै हातपात गरेका थिए।
काँग्रेसको क्षेत्रीय समितिले खड्काले नभई स्वास्थ्यकर्मी गैरेले उनीमाथि दुव्र्यवहार गरेको विज्ञप्ति निकाले बचाउ गरेको थियो। काँग्रेसले घट्नालाई राजनीतिकरण गरिएको भन्दै समिति गठन गरी छानबिनको माग गरेको थियो।स्वास्थ्यकर्मी गैरले आफुमाथि हातपात भएपछि खड्का सहितलाई कारबाहीका लागि सुरुमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए। स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा बाधा अवरोध सम्बन्धि कानुन आकर्षित हुने भएपछि स्वास्थ्यकर्मी सम्बन्धि ऐनमा अनुसन्धान गरी मुद्दा दर्ता गरिएको थियो। स्वास्थ्यकर्मीले आन्दोलन घोषणा गरेपछि खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो। एक सातासम्म प्रहरी हिरासतमा राखेर उनीमाथि अनुसन्धान गरिएको हो ।बेलौरी नगरपालिका-५ मैनाहाका बाबुराम चौधरीको उपचारका क्रममा खड्का सहित केही व्यक्ति प्रवेश गरेका थिए। चौधरीको उपचार उपचार गर्ने क्रममा अहेव गैरेमाथि गाली गलौज गर्दै घाँटी च्यापेर धकेलिएको थियो ।