कञ्चनपुर। कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएको तरकारी खाल्डोमा हालेर पुरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट अबैधरुपमा ल्याउदै गरेका ४८ हजार ६ सय बराबरको काँक्रा, करेला,फर्सी,भेडेखुर्सानी,खुर्सानी,काउली,प्याज,चुकुन्दर,बोडी,भिण्डी,आलु,टमाटर र भण्टा बरामद गरी खाल्डोमा हालेर नष्ट गरेको हो।
प्रहरीले बेलौरी नगरपालिका-६ बैशाखा स्थित उक्त तरकारी बरामद गरेको जनाएको छ। बरामद गरिएको तरकारी स्थानीय प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी, क्वारेन्टाईन बेलौरीका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा बिहिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।