धनगढी। मदिरा व्यवसायी संघ कैलालीको दोस्रो अधिवेशन एवं चौथो साधारण सभा सम्पन्न भएको छ। सोमबार मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम सेर्पाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
उक्त भेला बाट मदिरा व्यवसायी संघ कैलालीको अध्यक्षमा न्यु पि डि ट्रेडर्सका सञ्चालक प्रेम बहादुर धामी र महासचिवमा ओके लिकर्स धनगढी चौराहाका सञ्चालक कमल बम सर्वसम्मत रूपमा चयन भएका छन्।
यस्तै, अन्य सर्वसम्मत रूपमै चयन हुनेहरूमा उपाध्यक्षहरू क्रमशः सागर समसेर राणा, महेन्द्र बहादुर सिंह, सनेस हमाल चयन भएका छन् । भने सचिवमा भरत बोहरा, कोषाध्यक्ष काली प्रसाद जोशी, सह-कोषाध्यक्ष राकेश चौधरी लाई चयन गरिएको छ। त्यस्तै, सदस्यहरूमा क्रमशः पूर्ण बोहरा,दीपक धामी,अम्मर बहादुर कुँवर, राजेन्द्र महतो,विनोद बलायर,मदन राज उपाध्याय र सुरेन्द्र जोशी गरी जम्मा १५ सदस्यीय समिति गठन गरिएको छ।