कञ्चनपुर। कञ्चनपुरमा एक मेडिकलबाट अबैध औषधीहरु बिक्री वितरण हुने गरेको खुलेको छ। कञ्चनपुरको बेलौरी नगरपालीका ९ कुण्डा घर भई हाल लालझाडी गाउँपालिका वडा नम्बर ०६ चान्देवका ४३ बर्षिय सुनिराम चौधरीले संचालन गरेको मेडीकलबाट प्रहरीले अबैध औषधीहरु बरामद गरेको हो।
सुनिरामले संचालन गरेको जनता मेडीकल हलमा अवैध औषधीसहित सुनिरामलाई थप आवश्यक कार्वाहीको लागी औषधी बिभाग व्यावस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुर बाट प्रहरी नायव निरीक्षक प्रकाश दत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले खानतलासी गर्दा बिभिन्न अवैध औषधी फेला पारेको हो।
जसमा PREGA६ डब्बा 600 क्यापसुल, VIGORE 55 TEBLET, MECOGLEN 12 प्याकेट 120 क्याप्सुल, Derniford 33 पिस indian, skine shine-cream-15 पिस,Elosone-HT skine -8पिस, Mefetce-spos-tablets 200 tabalet, Mictofol-spos 10 प्याकेट, Asthali-n-4-315 tablet, Unwanted-kit-6 पिस 30 tablet, Medley crestorage 60 पिस, Tryptin 250 tablet, Nimes utide 65 tablet, Neurocan forire 60 tablet, CTZ 150 tablet, Bestiosol 110 tablet, Injactinol of vitamaim bit 50 पिस, Bebnesul 3 पिस, I-drop-Earue 10 पिस रहेका छन् । सो बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।