डोटी। डोटीको एक होटलमा आगलागी हुदाँ धनमाल जलेर नष्ट भएको छ। प्रहरीका अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडी बस्ने कृष्ण बहादुर कुन्जेडाको होटेलमा आगलागी भएको हो।
विद्युत सर्ट गई बिहीबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान,कस्मेटिक,भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु।प।प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाएको छ ।