धनगढी : हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि कुटपिटको घटनालाई लिइएर विरोध भइरहेको छ। बुधबार बिहान हेटौँडा–१ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि आठ–दशजनाको समूहले अस्पतालभित्र प्रवेश गरेर कुटपिट गरेका थिए। उनीहरूले सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डाक्टर बिडारी र डाक्टर थापामाथि कुटपिट गरेका थिए।
कुटपिटबाट चिकित्सकद्वयको अनुहार र आँखामा चोट लागेको छ। प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानकी श्रीमती रमा, छोरा अमित, छोरी रमिता, भतिज अनुपलगायतले कुटपिट गरेका हुन्। चिकित्सकमाथि भएको कुटपिटको विरोध
गर्दैै एसोसिएसन अफ प्राइभेट हेल्थ इनिस्ट्युसन अफिन नेपाल सुदूरपश्चिम प्रदेशले बिज्ञप्ती जारी गर्दै त्यसको बिरोध गरेको हो । अफिन सुदूरपश्चिम प्रदेश सचिव लोकराज भट्टदरा हस्तमाक्षरित बिज्ञप्तीमा अफिनले बिभिन्न माग सहित चिकित्सक माथी कुटपिट गर्नेलाई कडा कार्वाहीको माग गरेको हो । साथै स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीको जनधनको शुरक्षा गर्न समेत अफिनले सरकार संग माग गरेको छ ।