धनगढी। कैलालीको टीकापुर नगरपालीका र जानकी गाउँपालिकामा अपांगता कार्य संजाल गठन गरिएको छ। दिगो बिकास समाज भजनिको आयोजना, लुथरन वर्ल्ड फेडेरेसन नेपालको आर्थिक सहयोगमा कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा रहेका सबै प्रकारका अपांगता भएका ब्यक्तिलाइ समेटेर अपांगता कार्य संजाल गठन गरिएको हो।
टीकापुरमा महेश चौधरीको संयोजकत्वमा ११ सदस्यीय र जानकी गाउँपालिकामा अशोक चौधरीको संयोजकत्वमा ११ सदस्यीय अपांगता कार्य संजाल गठन गरिएको दिगो बिकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्टले जानकारी दिए। कार्यक्रम सहायक बासुदेव चौधरीको सहभागीता रहेको थियो ।नयाँ गठन गरिएको संजाल सदस्यहरुलाई टेक्निकल कोडिनेटर भट्टले अपांगता अधिकार र राज्यबाट पाउने सेवा सुबिधा सम्बन्धमा सहजीकरण गर्नुका साथै पैरवी योजना समेत निर्माण गरिएको थियो।कार्यक्रममा ७० जना अपांगता भएका युवा ब्यक्तिहरुको सहभागीता रहेको थियो। कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुकोलागि वकालत र स्थानीय श्रोत साधनको सदुपयोग गर्न अपाङ्गता सम्बन्धि काम गर्ने सस्था नभएकोले स्थानीयले अपाङ्गता सम्बन्धि आवश्यक सल्लाह सुझाव र परामर्श समेत नपाउने र जिल्ला र प्रदेशस्तरमा समन्वय गर्न कुनै संरचना नभएको अवस्था रहेको बताएका छन्। अपांगता अभियानलाई उच्च तहमा पुर्याउनु र स्थानीय अपांगता भएका नागरिकहरुलाई राज्यको मुलप्रवाहमा ल्याई सेवा सुबिधामा पहुँच अभिबृदी सहित अपांगता मैत्रीपुर्ण वातावरणको निर्माण गर्दै बिभेदरहीत समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय संजाल गठन गरिएको भट्टले जानकारी दिए।