कैलाली। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँमा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ पंचकोशी युवा क्लब सेमिफाईनल प्रवेश गरेको छ।
न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत महिला तर्फ सिटी क्लब अफ धनगढीलाई हराउँदै पंचकोशी सेमिफाईनलमा पुगेको हो। पंकचकोशीले सिटी क्लब अफ धनगढीलाई ४–१ ले हराएको हो।
पुरुष तर्फको खेलमा धनगढी ११ विजयी भएको छ। धनगढी ११ ले वान्टेड विके क्लबलाई हराएको हो। धनगढीले वान्टेडमाथि ५–० को सानदार जित दर्ता गरेको छ । यस्तै पुरुष तर्फकै खेलमा कैलारी गाउँपालिा वडा नम्बर ३ को टीम पनि विजयी भएको छ। वडा नम्बर ३ ले चर्च युवा क्लबलाई २–१ हराएको हो ।
नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन्।
प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ। प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स.२०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।