धनगढी। धनगढीको त्रिनगर ब्यारेलबाट डोटीका एक जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका सामानसहित डोटी शिखर नगरपालिका ८ का ३० वर्षीय करन कार्की पक्राउ परेका हुन्।
उनको साथबाट भन्सार छलिका अन्दाजी २८ हजार मुल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामान बरामद भएका छन् । प्रहरीले उनलाई आज ९सोमवार० दिउँसो पक्राउ गरेको र उनीमाथी थप अनुसन्धान भैरहेको कैलाली प्रहरीले बताएको छ।