काठमाडौं। पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु.१४ र पेट्रोल प्रतिलिटरमा रु.५ ले बढाएर मूल्य समायोजन गरेको हो।
निगमकाअनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु.एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १६४.५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ। इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ।