डोटी। डोटीको बडीकेदारमा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ। डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लाना बस्ने दीपक मल्लकी १३ वर्षीया छोरी समिक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो।
स्थानीय गणेशराज जोशीका अनुसार केदारेश्वर माध्यामिक विद्यालयमामा अध्ययनरत उनी शनिवार बाख्रा चराउन गएकी थिएन्। जिल्ला प्रहरी कार्यालय डोटीलाई घटनाको बारेमा सूचना छैन। बाख्रा चराउन गएकी उनको भिरबाट लडेर मुत्यु भएको जनाइएको छ ।