बझाङ। बझाङ्ग बुङ्गलका एक कर्मचारीको शव फेला परेको छ। बझाङ्गको बुङ्गल नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको प्रहरीले जनाएको छ।
श्राबण १९ गते बेपत्ता भएका उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ। बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।