डोटी। डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। डोटीको आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका जानकारी दिए । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, राम बहादुर थापा छन् ।
यस्तै धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् ।बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताएका छन् ।