धनगढी। बैतडी समाज कैलालीले यही साउन २७ गते धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैतडी समाजले कैलालीको उत्तरबेहडी स्थित पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा ११ औँ रक्तदान महोत्सव कार्यक्रमको आयोजना गर्ने भएको हो।
उक्त कार्यक्रमलाई लायन्स कल्ब अफ धनगढी, इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स एसोसिएसन र पद्माअस्पताल प्रालि सहकार्य रहेको छ। स्वास्थ्य संस्थाहरुमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै रक्त संञ्चार केन्द्रले क्षेत्रिय कार्यलय धनगढी कैलालीको सहकार्यमा रक्तदान महोत्सब कार्यक्रमको आयोजना गर्न लागिएको बैतडी समाज कैलालीले जनाएको छ। बैतडी समाज कैलालीका रक्तदान कार्यक्रम संयोजक राजु चन्दले साउन २७ गते बिहान ८ः ३० बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने जानकारी दिए।
चन्दले बैतडी समाजले आयोजना गर्न लागेको रक्तदान कार्यक्रममा सरिक भईदिन हुन सबैमा अनुरोध समेत गरेका छन्। यस्तै, पहिलो पटकको रक्तदान कार्यक्रममा ७७ जना, दोस्रोमा ८८ जना, तेस्रो पटक १२२, चौथों पटक १३७ र पाँचौ पटक १०७ जना, छैटौं पटक ७७ जना, सातौ पटक पनि ७७ जना, र आठौं पटक ८५ जना, नऔँ पटक मा ८१ जना र दशौँ पटकमा ५१ जना गरि जम्मा ९०५ जनाले रक्तदान गरिसकेका छन्।