धनगढी। डोटीमा एक वडा अध्यक्षको ट्याक्टर, काठसहित पक्राउ परेको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिर बहादुर दर्लामी मगरको सु.पु.प्र.०१ ००२ त ५८३४ नम्बरको ट्याक्टर काठसहित बरामद गरिएको हो।
बिहीबार राती ९ बजे पालीकाको छहरा सामुदायीक बनबाट काठ ल्याउँदै गरेको अवस्थामा बन रक्षकले काठसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिइएका ट्याक्टर चालक जोरायल गाउँपालिका वडा नम्बर २ बजिलेकका डम्मर थापा र काठसहित वडा अध्यक्षको जिम्मा लगाएका थिए। वन कार्यालयले ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित थापालाई पक्राउ गरेको हो। अहिले काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय, बुडरको नियन्त्रणमा रहेका छन्।