डडेल्धुरा। डडेल्धुरामा टिप्पर पल्टिदा दुर्घटना भएको छ। धनगढीबाट सिमेन्ट बोकेर बैतडी जाँदै गरेको टिप्पर अमरगढी नगरपालिका– ८ रातोगुराँस रिसोर्ट नजिक सडक छेउमा दुर्घटनामा परेको हो।२३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार बेलुकी पौने ५ बजेतिर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेको छ।टिप्परमा समान्य क्षति भएको तर मानवीय क्षति भने नभएको उनले बताए। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।