धनगढी। सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स आज (विहीबार)देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।
प्रत्येक प्रदेशमा एक लघु बीमा कम्पनी स्थापना गर्ने सरकारको लक्ष्य अनुसार सुदुरपश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी आज देखी उक्त इन्स्योरेन्स सञ्चालनमा आएको हो। धनगढी चौराहस्थीत मुख्य कार्यालय रहेको कम्पनीको आज बिहीबार एक कार्यक्रमका बिच नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले औपचारिक रूपमा उद्घाटन गरेका हुन्।
प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्काको नेतृत्वमा इन्स्योरेन्स सञ्चालनमा आएको हो। कृषि बिकास बैंकबाट ३० वर्षको बैंकिङ अनुभव लिएर उप-महाप्रबन्धक पदबाट सेवा निवृत्त भएका रोक्का चार वर्षका लागि प्रोटेक्टिभको सीईओमा नियुक्त भएका हुन्। संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्काका अनुसार सुदूर पश्चिम प्रदेशका विभिन्न ९ जिल्लास्थित विकट भौगोलिक स्थान लगायत नेपालभरीनै शाखा संजाल तथा उपलब्ध अत्याधुनिक प्रविधीको उच्च प्रयोग मार्फत सरल, सहज र प्रभावकारी बीमा सेवा प्रदान गरी सर्वसाधारणलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेका बताए।
साथै न्यून आय तथा बचत भएका अन्य संस्थाबाट बीमा सेवा प्राप्त गर्न नसकेका दुर्गम स्थानका सिमान्तीकृत वर्गसम्म स-सानो रकमको बीमाङ्क सुरक्षण मार्फत प्रभावकारीरुपमा लघु निर्जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको वास्तविक उद्देश्य रहेको समेत जानकारी दिए। साथै उनले संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन, नियमनकारी निकायहरुको निर्देशनको परिपालना, पारदर्शिता तथा प्रभावकारी आन्तरीक नियन्त्रणको माध्यमबाट व्यवसायिकरुपमा सवल र सक्षम संस्थाकोरुपमा अघि वढने प्रतिबद्धता जनाए।
स-सानो रकमको बीमा, सरल र सवैले सजिलै वुझ्ने भाषाको प्रयोग गरिएको बीमा लेख, न्युन बीमा प्रिमियम, सरल र छिटो दावी भुक्तानी प्रकृया, पूर्णरुपमा मूल्य अभिवृद्धि कर छुट तथा सर्वसाधारणसम्म सर्वसुलभ माध्यम छनौटको विशेषतायुक्त रहेको लघु बीमाले आम सर्वसाधारणको रुचीको सेवा प्रदान गर्ने उदेश्य लिइएको छ।कम्पनीको सञ्चालक समितिको अध्यक्षमा कृतिका अग्रवाल हुन्। प्रमुख अतिथि पौडेलले सुदूरपश्चिममा पनि प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले मुख्य कार्यालय राख्न सफल भएको भन्दै शुभकामना व्यक्त गरेका छन्।
इन्स्योरेन्सलाई ग्रामीण क्षेत्रमा पुगाउने उद्देश्यका साथै इन्स्योरेन्सको स्थापना गरिएको भन्दै सो अनुरुप सफतला मिलोस भन्ने अपेक्षा राखेका छन्। प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विश्वजन थापा श्रेष्ठले नेपाल सरकारको मान्यता अनुसार प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स स्थापना भएकोमा खुसी ब्यक्त गरेका छन्। उनले ग्रामिण क्षेत्रमा बिमाको पहुँच पुराएर सहजसेवा दिने र गाउँगाउँमा समाजलाई कसरी जोड्ने र प्राकृतिक विपत्तीमा परेका बर्ग राहात प्रदान गरिने बताए। उद्घाटन कार्यक्रममा बिभिन्न बिमासंग सम्बन्धीत ब्यक्ति,कर्मचारी लगायतको उपस्थीती रहेको थियो।