धनगढी। धनगढीमा फोहर संकलनको कार्यले उपमहानगरको प्रशंसा भैरहँदा संकलन भएको फोहर नै ब्यवस्थापन नहुँदा उपमहानगरलाई नगरवासीले गिज्याइरहेका छन्।
दैनिक बार अनुसार धनगढीका १९ वटै वडाबाट गाडी मार्फत संकलन भएको फोहर का लागी गाडी ट्याक्टर पठाएर घरबाट संकलन गरेर ल्याएको फोहर उपमहानगर सिघै खोलानाला तथा नदी किनारमा फाल्ने गरेको छ। खोलानाला तथा नदी किनारमा फालिएको उक्त थुपारिएको फोहरको डङ्गुरमा बर्षात्को पानी पर्दा कुहिदै जान थालेको छ।
बर्षात्को समयमा पानी पर्ने र पानी रोकिएर गर्मी हुँदा फोहर कुहिन थालेपछि वातावरण दुर्गन्धीत बनेको स्थानियहरु बताउँछन्। फोहरमैला ब्यवस्थापन केन्द्र नबन्दा उपमहानगरले खोलानाला तथा मोहना नदी किनारमा फाल्ने गरेको छ। धनगढीका बिभिन्न खोलानाला छेउमा फालिएको फोहर कुहिदा वातावरण नै दुर्गन्ध हुनुका साथै आवतजावत गर्नेलाई समस्या हुने गरेको हो। धनगढी उपमहानगरपालीकाले संकलन गरेको फोहर सिधै खोलानाला छेउछाउमा ब्यवस्थापन गर्दा वातावरण दुर्गन्धीत बनेको धनगढी ४ उत्तर बेहडीका तेजराज भट्टले बताए। धनगढीको सुकुटीनालाको छेउमै फोहरको डङ्गुर थुपारिएको छ,उनले भने, फोहर जन्यबस्तु कुहिएर आवत जावत गर्न सर्बसाधारण नाक छोपेर हिड्नुपर्ने अवस्था छ। त्यही बाटो भएर बिद्यार्थी,अफिसका कर्मचारी लगायत सर्वसाधारणहरु आवत जावत गर्छन्, उनले भने, आफु पनी त्यही बाटो प्रयोग गर्छु, हिड्दा दुर्गन्धले बान्ता आउँने जस्तै हुन्छ ज्यादै समस्या हुन्छ। फोहर ब्यवस्थापनमा उपमहानगरले ध्यान दिनुपर्छ उनले भने ।
यस्तै धनगढी उपमहानगरपालीका ३ बोराडाडी स्थीत मोहना नदी किनारमा बजार क्षेत्रको फोहर फाल्दा सो क्षेत्र दुर्गन्धीत बनेको स्थानियको भनाई छ । उपमहानगरपालीकाले बजार क्षेत्रको फोहर उठाउन कडाई गरेपनी राती ट्याक्टर मार्फत ल्याएर नदी किनार क्षेत्रमा फालीदा रोग फैलीने खतरा बढेको स्थानिय टिकाराम जोशीले बताए । प्लास्टीक जन्य पदार्थ, कपालको रौँ, कपडा, कुहिएको तरकारी सवारीसाधनका पार्टपुर्जा ब्यवस्थीत ठाउँ बनाएर उपमहानगरले फाल्ने गरिएको उनले बताए । जोशीले भने, यस्मा वडाकार्यालयले पनी ध्यान दिनुपर्छ, बर्षातका बेला उक्त फोहरजन्य बस्तुले बिभिन्न सरुवा रोग र महामारी फैलीने खतरा बढेको छ।धनगढीका १९सै वडाहरुबाट कुहिने तथा नकुहिने फोहर संकलन गर्ने गरेको उपमहानगरले फोहर ब्यवस्थापन गर्न सकेको छैन् । यता धनगढी उपमहानगरले संकलन गरिएको फोहर जन्यबस्तु खोलाकिनारमा थुपार्दै आएको स्वीकार गरेको छ।धनगढी उपमहानगरपालीकाका फोहरमैला व्यवस्थापन तथा सरसफाई साखा प्रमुख अशोक अवस्थीले स्थानियले कटान रोक्नका लागी माग अनुसार फोहर बिर्सजन गरिएको बताए । उनले दुर्गन्ध फैलिएको स्वीकार गर्दै स्थानियको माग अनुसार फोहरलाई ब्यवस्थीत गरिने बताए । फोहरमैला व्यवस्थापन तथा सरसफाई साखा प्रमुख अवस्थीले धनगढी उपमहानगरले पनी बैसाख महिना देखी कुहिने र नकुहिने फोहर संकलन गर्दै आएको र फोहोर जन्य बस्तुबाट बायोग्यास निकाल्ने उपमहानगरको योजना रहेको बताए । उनले भने, एकिकृत फोहरमैला ब्यवस्थापनको काम मन्त्रीपरिषदको फाईलमा रोकिएकोले त्यो पक्रिया छिट्टै अघि बढ्ने बताए ।