डडेल्धुरा। डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारी थारुले शुक्रबार साँझ जंगली च्याउ खाएकी थिइन् । च्याउ खाएपछि विरामी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।प्रहरीका अनुसार उपचारको क्रममा शुक्रबार राति उनको मृत्यु भएको हो ।