बैतडी। बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा विरामी परेका पाँच जनामध्ये चारजना बेहोस भएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका–३ तडिगाउँको भट्ट परिवारका पाँच जना सदस्य बिरामी परेका हुन्। बिरामी हुनेमा ३५ वर्षीय टेकराक भट्ट, ३५ वर्षीया धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र ८ वर्षीय डब्लु रहेका छन्।
इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले शारदाबाहेक सबै बेहोस अवस्थामा रहेका छन् ।विरामी सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको र बेहोस अवस्थामा रहेका चार जनाको स्वास्थ्य गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।