डोटी। डोटीको सायल गाउँपालिका-२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ। गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकांश भाग जलेको थियो।
आगोले जलेका बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्लीस्थित श्रीगंगाराम अस्पतालमा उपचार भइरहेको सायलका स्थानीयवासी तथा समावसेवी भक्तबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार आर्थिक अभाबका कारण बालकको उपचारमा समस्या भएको छ ।
उनको उचारमा हालसम्म एक लाख ६० हजार नेपाली रुपियाँ खर्च भइकेको र फेरी अप्रेशनका लागि ८५ हजार भारु रुपियाँ लाग्ने आफन्तले जनाएका छन् ।आर्थिक अभावका कारण मृत्युवरणको दोसाधमा रहेका ती बालकको जीवन बचाउनका लागि आफन्त तथा परिवारजनले आर्थिक सहयोगका लागि सबैमा आग्रह गरेका छन्। बालकका आफन्तले बुवा रामबहादुर थापाको मोवाइल नम्बर ८००९८८३७६६ तथा एचडीएफसी भारतीय बैंकको खाता नम्बर ५०१००५३०३२८३६७ मा उपचारमका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।