धनगढी : सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाहीले प्रस्तुत गरेको बजेट आज बहुमतले पारित गरिएको हो ।
बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तरा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।
सत्तापक्षकै बिरोधका कारण पास गर्न सकस परेको सुदुरपस्चिमको बजेट संसोधन हुने आश्वासन पछि सत्तपक्षका सबै दलले बजेट पास गर्न ह्वीप जारी गरेका थिए ।