डोटी। डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ। बिहीबार डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ दुदीला गाउँमा चट्याङ लाग्दा स्थानीय ६६ बर्षिय हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी खड्यौलीका अनुसार आज दिउँसो २ बजे घरमा बसिरहेको अवस्थामा बोहरालाई चट्याङ्ग लागेको थियो। चट्याङ्ग लाग्दा बोहराको घटनास्थलमै मृत्यु भएको उनका छोरा सुरेश बोहराले जानकारी दिएको प्रहरीले जनाएको छ। यस्तै सोही गाउँमा चट्याङ्ग लाग्दा डम्मर सिंह बोहराका ६ वटा बाख्राको मृत्यु भएको स्थानीयले बताएका छन्।