धनगढी। गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चेक गणतन्त्रको अध्यक्ष पदमा छविलाल कंडेलले उम्मेद्धारी धोषणा गरेका छन्। बिदेशमा रहेका नेपालीहरुको छाता संगठन गैर–आवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा चेक रिपब्लिकमा पनि अधिबेशनको अन्तिम तयारी भइरहेको हो।
गैर–आवासीय नेपाली संघ चेक गणतन्त्रमा हुन लागेको निर्वाचनको अध्यक्ष पदमा कंडेलले उम्मेद्धारी धोषणा गरेका हुन्। अध्यक्ष पदमा उम्मेदवार धोषणा गर्दै कंडेलले सम्पुर्ण बिदेशमा रहेका नेपालीहरुको साथ र सहयोगको अपेक्षा राख्दै आफुलाई जिताइदिन आग्रह गरेका छन्।बिगत लामो समय देखि चेक गणतन्त्रमा बस्दै आएको र धेरै नेपाली दाजुभाई दिदिबहिनिहरुको समस्याहरु सुन्दै र आफुले सक्दोे सहयोग गर्दै आएको बताए ।
उनले आफु बिजयी भएमा गैरआवसीय नेपाली संघ चेक गणतन्त्रमा राजनीतिक गुठको परभाब पर्न नदिनु हाम्रो बिशेस ध्यान जाने उनले बताए। स्थापनाकाल देखि आजसम्म निरन्तर सो संस्थामा रहेर काम गर्दाका अनुभव र संथागत आरोह अवरोहहरुलाइ नजिकबाट नियाल्दा सस्थाको सुद्धिकरणको आवस्यकता महसुस गरेको बताए। सक्रिय नेतृत्वबाट मात्रै त्यो सम्भव हुनेभएकाले संस्थागत भोगाई र देखाईको आधारमा सबैले महसुस गरेको उनले बताए । कम बोल्ने, र बोलेको पुराउने हाम्रो योजना रहेको बताउँदै विदेश बस्दा नेपालीमा आइपर्ने समस्याका लागि पछि नहट्ने र सकारात्मक परिवर्तन देखाउने बिश्वास ब्यक्त गरेका छन् ।
उनले ब्यक्तीबादी सोच भन्दा सामुहिक सोच लिएर अगाडी बढ्ने आफ्नो र हाम्रो टिमको जमर्को रहेको उनले धारणा राखेका छन्। साथै आफु लगायतको टीम रचनात्मक सुझावसहित संस्थालाई सवैको साझा संस्था बनाउन र जिम्मेवारीलाई इमान्दारि र निष्ठापुर्वक निभाउने प्रतिबद्धता ब्यक्त गर्दै अत्याधिक भोट दिएर जिताउन सबैमा आग्रह गरे। उनले आफ्नो मातृभूमि देखि धेरै टाढा परदेशमा चेक गणतन्त्रलाई आफ्नो कर्मथलो बनाई बसोवास गर्दै आउनुभएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा जिताउन आग्रह गरेका हुन्।
कंडेलको उमेद्वारी किन र के का लागि?
१. संस्थालाइ दलीय राजनीति रहित विशुद्द सामाजिक संस्था बनाउन ।
२.नेपाली श्रमिक, विद्यार्थी, सेवामा कार्यरत कर्मचारी तथा व्यवसायीहरुलाई पर्ने कानुनी परामर्श, भाषागत तथा अन्य कठिनाइलाई सहजीकरण गर्नका लागि सक्रियता।
३ नेपाली भाषा,साहित्य,कला र संस्कृतिको साथै पर्यटन प्रवर्द्धन विकासको प्रचार प्रसारका लागि समुदाय र नेपाली राजदूतावास तथा यहाँको स्थानीय सरकारसंग मिलेर प्रभावकारी अभियान तथा विभिन्न संस्कृतिक कार्यक्रम संचालन गर्न ।
४. चेक रिपब्लिकमा बसोबास गर्ने हाम्रो परिवारका दोस्रो पुस्ता साना बाबू नानीहरुलाई आफ्नो देश, भाषा, संस्कृति, रीतिरिवाज सिकाउन बिशेष योजना सहित आगाडी बढ््न ।
५. गैर–आवासीय नेपाली संघ चेक रिपब्लिकले नेपाल र नेपालीको हितमा स्थापित गरेको आपतकालीन कोषको क्षमता वृद्धि गर्न तथा अझै प्रभाभकारी बनाउन ।
६.नवआगन्तुक तथा यहि वसोवास गर्नु हुने श्रमिक तथा विद्यार्थीहरुलाई आधारभूत जानकारी जस्तै, व्यद–कभबचअज, अजबलनभक यल झउयिथभभ अबचम, गकभक या ष्लकगचबलअभ उयष्अिथ तथा यहाँको कानुन साथै अन्य आवश्यक सहयोग कार्यको सुरुवात गर्न ।
७. चेक रिपब्लिकमा जन्मेका नवजात शिशु, नयाँ जन्म प्रमाणपत्र आवेदन, बीमा नीति, सामाजिक हेरचाह र समर्थन सम्बन्धमा जानकारी प्रबाह गर्न ।
८. आवस्यक परेको बेला संस्थाको अपनत्व महसुस गराउन हजुरहरुको नेतृत्वसंगको सहज र सुलभ पहुचका लागि ।
शुभ दिनको कामना सहित सम्पूर्णमा धन्यवाद !!