धनगढी। विपद् जोखीम न्युनिकरणमा निजी क्षेत्रको भुमिका बिषयका बारेमा धनगढीमा छलफल गरिएको छ। कैलाली उद्योग बाणिज्य संघको आयोजना तथा सुपर परियोजना अन्तरगत यूएनडीपी, युरोपीयन युनियन,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त छलफल गरिएको हो।
कैलाली उद्योग बाणिज्यसंघका अध्यक्ष पुस्पराज कुँवरले बिगतमा रेडक्रससंग सहकार्य गरेर विपदसँग सम्बन्धीत बिभिन्न काम गरिरहेको बताए । उनले कैलाली लगायत प्रदेशका जिल्लामा आगलागी, भुकम्प, बाढीपहिरो पिडीतलाई बिभिन्न सहयोग गरिएको बताए । अध्यक्ष कुँवरले कैलाली उद्योग बाणिज्यसंघ विपत क्षती न्युनिकरणका लागी रेडक्रस,सुपरपरियोजना र प्रदेश सरकारसँग सधँै सहकार्य समन्वय गर्न तयार रहेको बताए । निजी क्षेत्र तथा कैलाली उद्योग बाणिज्य संघले पनी विपद जोखीमका लागी बिभिन्न क्षेत्रसँग सहकार्य गरेर कार्यबिधि योजना बनाउने बनाएर जान अध्यक्ष कुँवरले धारणा राखेका छन् ।यस्तै कैलाली उद्योग बाणिज्यसंघका कार्यकारी निर्देशक गोमा अधिकारीले कैलाली उद्योग बाणिज्य संघले विपलका बेला थुप्रै सहयोग राहात प्रदान गरेपनी सरकारी निकायले त्यसको मुल्याङकन नगरेको बताईन् । बिभिन्न आगलागी, भुकम्प, बाढीपहिरो, पिडीतलाई राहात देखी खाद्यान्न सामाग्री, सुरक्षाको सामाग्री प्रदान गरिएकोले सरकारी निकायले त्यस्को अभिलेख राख्न सुझाब दिइन् । विपदसँग सम्बन्धीत निकायले विपदका घटनामा के कती क्षती भयो राहात अवस्था तथा सुरक्षा योजनाको अभिलेखीकरण तथा तथ्याङ्क राख्नुपर्ने सुझाब दिएकी छिन् ।
यस्तै उद्योग बाणिज्यसंघका बरिस्ठ उपाध्यक्ष पुस्कर ओझाले बर्षातको समय सुरु भैसकेकाले अबको बिपदका बेला पनी सुरक्षा र तयारी अपनाइएको बताए । उनले विपदलाई रोक्न नसकेपनी क्षती न्युनिकरणमा उद्योग बाणिज्य संघको पहल रहिरहने बताए । के कसरी निजी क्षेत्र र रेडक्रस विपद न्युनिकरणको प्रतिकार्य योजना अगाडी बढ्न सक्छौँ त्यसरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। कार्यक्रममा युएनडिपी सुदुरपश्चिम प्रदेश संयोजक प्रगती भट्टराईले सुपर परियोजनाका काम कर्तव्य र जिम्मेबारी तथा परिणामको बारेमा जानकारी दिएकी थिइन्।उनले प्रदेश र स्थानिय तहमा विपद् जोखीम शासकीय प्रणालीको सुदृढीकरण अन्तरगत समन्वय, संयन्त्र तथा योजनाको बारेमा जानकारी दिएकी छिन्। युएनडिपी सुदुरपश्चिम प्रदेश संयोजक भट्टराईले निजी क्षेत्र र युएनडिपी र सरकारी निकायले विपदका न्युनिकरण गरेर ब्यवसायलाई निरन्तरता दिन सक्ने बताइन् । कार्यक्रममा आन्तरिक मामिला मन्त्रालयका विपद फोकल पर्सन जनक धामी, नेपाल रेडक्रस सोसाईटिका मन्त्री लोक राज जोशी, नेपाल उद्योग बाणिज्य संघ सुदुरपश्चिमका कार्यकारी निर्देशक ज्योती भट्ट, होटल ब्यवसायी संघ कैलालीका अध्यक्ष केशब पाण्डेय, उद्योग बाणिज्य संघका प्रतिनिधी लगायत बिभिन्न सरोकारबालाको सहभागिता रहेको थियो ।