धनगढी। स्टेट सेभेन अनलाईनका सम्पादक शंकर बोहरा प्रेस युनियन कैलालीको सचीवमा निर्वाचित भएका छन्। नेपाल प्रेस युनियन जिल्ला कार्य समिती कैलाली साखाको छैठौँ जिल्ला अधिबेशनबाट सर्बसम्वत रुपमा सचीवमा बोहरा निर्वाचित भएका हुन्। नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधी दामोदर प्रसाद दवाडी र निर्वाचन अधिकृत ओम प्रकाश जोशीले बोहरा सचीवमा निर्वाचित भएको धोषणा गर्दै प्रमाणपत्र बितरण गरेका हुन् । नवनिर्वाचित सचीव बोहरा धनगढीबाट प्रसारीत हुने स्टेट सेभेन अनलाईनका सम्पादक हुन्। उनले डेढ दशक भन्दा बढी समय कैलाली जिल्लाबाट पत्रकारीता क्षेत्रमा काम गर्दै आएका छन्। भने स्थानिय तथा राष्ट्रिय टेलिभिजन, रेडियो,पत्रपत्रिकामा काम गरेको लामो अनुभव उनीसँग छ।