धनगढी। सुदुरपश्चिममा अपाङ्गता भएका व्यक्ति आफुहरुको मागको सम्बोधन गर्नुपर्ने भन्दै असार १२ गते देखी आन्दोलनमा छन्। सुदुरपश्चिम अपाङ्गता अधिकार प्रवद्र्धन संघर्ष समिति गठन नै उनीहरुले सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा आफ्ना माग समेट्नुपर्ने बताइरहेका छन्।
तर प्रदेश सरकारले आगामी वर्षको बजेटमा अपाङ्गताका ब्यक्तीलाई नसमेटेको बताएका छन् । यस्तै संरचना पनी पुर्णअपाङ्गमैत्री नबनेको,अपाङ्गता भएका नागरिकलाई होच्याउने र अपमानित खालका शब्द प्रयोग गरेको र समावेशीरुपमा अपाङ्गता भएकाहरूलाई नसमेटेकोभन्दै उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेशसभा सचिवालय र सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुझाएका थिए।
ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराउँदा पनि माग पूरा हुने सङ्केत नदेखिएपछि सडक आन्दोलन गर्न बाध्य भएको अपाङ्गता अधिकार प्रबर्दधन संर्घष समितिका संयोजक भीमबहादुर शाहले बताए । उनले असार १५ गते देखी थप आन्दोलित बनेर रिलेअसनमा बसेको र हालसम्म मागको कुनै सुनुवाई नभएको बताए । शुक्रबार (हिजो) प्रदेशको एक मन्त्रालय र २ वटा सरकारी कार्यालय गरि ३ वटा सरकारी कार्यालयको र्याम्प (कार्यालय प्रवेश गर्ने सिँढी) भत्काएका छन् । प्रदेशको सामाजिक बिकास मन्त्रालय र सहकारी बिकास कार्यालय र जिल्ला प्रसासन कार्यालयका र्याम्प तोडफोड गरेका हुन् ।
यस्तै आज शनिवार अपाङ्ता भएका ब्यक्तीले सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी अर्घनग्न भएर प्रर्दशन गरेका छन् । उनीहरुले प्रदेश सरकारका मातहतमा रहेका कार्यालयहरु अपाङ्गमैत्रीपुर्ण नभएको भन्दै आज अर्घनग्न भएर मुख्यमन्त्री कार्यालय प्रर्दशन गरेका हुन्। उनीहरुले प्रदेश सरकार कता छ, एसी लगाइ सुत्या छ,हामीलाई हेप्न पाइदैन हाम्रो आन्दोलन जारी छ/जारी छ भन्दै नारा लगाएका थिए ।
उनीहरुले आज १५ मिनेट सवारी आवागमनमा रोक लगाएका थिए। राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानवहादुर साउदले असार १२ गते देखी आन्दोलनमा रहेको बताउँदै रिलेअनसनको पाँचौँ दिनमा रहेको बताए। प्रदेश सरकारले चालु आर्थिक बर्षमा बजेट बिनीयोजन नगरेको, बनेका संरचना पनी पुर्णअपाङ्गमैत्री नबनेकोमा पहिला नै ज्ञापन पत्र बुझाएका थिए । तर आगामी बर्ष २०८०/ ८१को बजेटमा पनी अपाङ्गता भएका नागरिकको लागी उपेक्षा गरेको र बजेटमा आफ्ना माग र समस्याहरुको सम्बोधन नगरिदा बाध्य भएर मुख्यमन्त्री कार्यालय अगाडी अर्धनग्न अवस्थामा पुगेको बताए ।
उनले भने, आन्दोलनमा रहेको ४ दिन बित्दापनी अपाङ्गताका ब्यक्ती रोडमा उभिदा र असक्त अपाङ्गताका नागरिक रिलेअनसनमा बस्दा पनी प्रदेश सरकार लम्पसार बनेको बताए । रिलेअनसनका बेला हाम्रो आवाज सुन्न प्रदेश सांसद, मन्त्री देखी सचिब कोही नआएको र मुखदर्शक बनेको उनले दुखेसो गरे ।यो रिलेअनसन १८ गतेसम्म जारी रहने बताउँदै प्रदेश सरकारको ध्यानाकर्षण गराउन र माग पुरा गरोस भन्ने उदेश्य रहेको छ, उनले भने ।यदि १८ गतेसम्म प्रदेश सरकारले मागको सम्बोधन नगराए थप शसक्त आन्दोलन र बिरोध गर्ने अपाङ्ता भएका नागरिकले चेतावनी समेत दिएका छन् ।