धनगढी। धनगढीमा मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०८० को मस्यौदामा छलफल गरिएको छ। सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुपर परियोजना अन्तरगत युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटी, मर्सिकोर नेपालको सहकार्यमा सो कार्यक्रम गरिएको हो।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न मन्त्रालय र सुपर परियोजनाले सुरक्षा निकाय, विभिन्न संघ/संस्थासँगको सहकार्यमा विपद्बाट क्षति कम गर्न बनाइएका मस्यौदामाथी र समेट्नुपर्ने थप बिषय तथा योजनाका बारेमा छलफल गरेको हो। मन्त्रालय र सुपर परियोजनाले मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदालाई अन्तीम रुप दिने तयारी गरेको छ।मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजनामा अध्यावधिक गर्न समेट्न संरक्षण तथा सुरक्षा,शिक्षा,स्वास्थ्य,सामाजिक,आवास, खाद्य तथा पोषण, भौतिक पुर्वाधार, सुचना प्रणालीलाई तन्दुस्त, खानेपानी,शौचालय, सरसफाई, शिविरका सञ्चालनकालागी चाहिने औजार, सवारीसाधनको ब्यवस्थापन लगायत यौनिक तथा अल्पसंख्यक जस्ता बिषय रहेको बताइएको छ। यस्तै मनसुन र डिजास्टर प्लानको लागी तयारीमा रहेर काम गर्नुपर्ने सुझाब दिइएको छ।
मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजनाका लागी स्वास्थ्य क्षेत्रमा आवश्यक बन्दोबस्तको तयारी, जनशक्ती तथा स्वास्थ्यकर्मीको पुर्वतयारी अपनाउनुपर्ने जोड दिइएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको छलफलमा सुपर परियोजना, प्रतिकार्य समुह, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र, सबै सुरक्षानिकायका प्रतिनिधी लगायत विभिन्न बिषयगत क्षेत्रमा आवद्ध सरोकारबालाहरुको सहभागीता रहेको थियो।