कञ्चनपुर। कञ्चनपुरमा घरको छतबाट खसेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम बस्ने ६७ वर्षका देबिलाल शाहको बिहान करिब पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी हिजो शुक्लाफाटा नगरपालिका १० शान्तिपथ बस्ने भतिजा दान बहादुर शाहको घरमा गएका थिए। सुत्नलाई छतमा गईरहेको अवस्थामा १ तले घरको छतबाट खस्दा गम्भीर घाईते भएका थिए।
उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।