धनगढी : नेपाल लाइफ इन्स्योरेन्सका केही अभिकर्ताहरुबिच आपसी मनमुटावका कारण इन्स्योरेन्स कम्पनिलाई जोडेर बदनाम गर्न खोजिएको पाइएको छ । अभिकर्ताहरुबिच प्रतिस्प्रर्धा गर्ने होडबाजीमा इन्स्योरेन्स कम्पनिलाई बदनाम गर्न खोजिएको पाइएको हो । बिहिबार यस स्टेट सेभेन अनलाइनमा प्रकाशित “नेपाल लाइफका अभिकर्ताहरुको बदमासी, बीमितलाई थाहै नदिइ ‘पोलिसी लोन’ लिएर झ्वाम” सिर्षक समाचारमा अभिकर्ताहरुले बिमितहरुलाई उक्साएर मिडियाबाजी गर्न लगाएको खुलेको हो ।
केही अभिकर्ताहरुले ब्यक्तीगत इगोका कारण अन्य अभिकर्ता र इन्स्योरेन्सलाई बदनाम गर्न खोजेको भेटिएको छ । नेपाल लाइफ इन्स्योरेन्सकी अभिकर्ता रक्षा महराले बिमित हर्क बहादूर सिहंलाई झुक्याएर उनको नामको श्रृण आफैले लिएको समाचारमा उल्लेख थियो । सिहंले भने अनुसार समाचारमा उल्लेख भएपनि इन्स्योरेन्सको धनगढी साखा कार्यालयमा बुझ्दा इन्स्योरेन्सको खाता रहेको सानिमा बैकंबाट सिहंले ५५ लाख ९ हजार रकम कर्जा लिइसकेको पाइएको छ । धनगढी साखाका अनुसार अभिकर्ता र बिमित बिच ब्यक्तीगत कुराले मनमुटाव भएको हुनसक्छ तर इन्स्योरेन्सबाट कुनै गलत भएको छैन ।
यस्तै कैलालीको कैलारी गाउँपालिका ६ का धन बहादूर महतोको झुक्याएर अभिकर्ता रमेश चौधरीले नयाँ बनाएको गुनासो महतोले गरेका थिए । उनले आफुलाई कुनै जानकारी नदिएर चौधरीले नविकरण गर्ने भन्दै बिमा नयाँ गरिदिएको बताएका थिए । तर इन्स्योरेन्सको सुख्खड साखामा बुझ्दा महतो आफैले हस्ताक्षर सहित औठाँ छाप लगाएको बिमा फारम भेटिएको छ । अभिकर्ता रमेश चौधरीका अनुसार कोल्याप्स हुन लागेको महतोको बिमा उनकै सहमतीमा नयाँ बनाइएको हो । महतोलाइनै आर्थिक भार बढी पर्ने देखिएपछि उनकै सहमतीमा नयाँ बिमा बनाइएको उनले बताए ।
नेपाल लाइफ इन्स्योरेन्सकै अभिकर्ता नरेन्द्र प्रशाद जोशीलेपनि बिमितलाई ठगेर नयाँ फाइल खडा गरेको समाचारमा उल्लेख थियो । जोशीले रुप सिहं भाटको नयाँ फाइल बनाइदिएको गुनासो पिडित पक्षले गरेका थिए । समाचारमा गुनासो गरिए अनुसार भाटले नभई कुनै एकजना अभिकर्तालेनै नक्कली बिमित बनेको पाइएको छ । तर वास्तविक बुझ्दा भाटको पुरानो बिमा म्याद सकिएर नयाँ बिमा गरेको भेटिएको छ ।